मंगलबार र बुधबार ३६ जिल्लामा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

प्रमुख खबर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले साउन २२ र २३ गते केही स्थामा अतिभारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सोमबार दिउँसो विशेष बुलेटिन जारी गरी महाशाखाले साउन २२ २३ गते कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट