`

बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेना प्रमुखको घोषणा

Nepal One HD २१ साउन २०८१ १६:२०
प्रमुख खबर

बीबीसी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि सेनाले अन्तरिम सरकार गठन गर्ने घोषणा गरेको छ । सेना प्रमुख जनरल उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । हसिना भागेर भारत पुगेको बताइएको छ ।

 प्रधानमन्त्री निवासमा हजारौंको संख्यामा प्रदर्शनकारी छिरेका छन् । प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालयमा लुटपाट गरेका छन् ।


प्रतिक्रिया