भारतको पुनेमा दलालले बेच्न लगेकी एक नेपाली चेलीको उद्दार


भारत, पुने, बिष्णु गौतम । भारतको पुनेमा बेचबिखन गर्न लगिएकी एक नेपाली चेलीको उद्दार गरिएको छ । नेपाली दलालले ललाइफकाइ नेपालगन्ज हुँदै मुम्बई पुनासम्म पुर्याइएकी शर्मिला कुम्बाईको उद्दार गरिएको हो ।
दलालको पञ्जाबाट आइतबार राति भाग्न सफल भएकी शर्मिला पुनेस्थित चिन्चड पुलिस स्टेसन पुगेकी थिइन् । उनलाई दलालले नककली परिचय पत्र बनाइ लखनउबाट हवाई मार्ग हुँदै पुने पुर्याएको खुलेको छ ।
उनलाई पुने नजिक चिन्चड पुलिस स्टेसनमा राखिएकोमा पछि अखिल भारत स्वतन्त्र समाज पुनेका समाजसेवीहरु सबै मिलेर माइती नेपालमा सम्पर्क गरि आजनै नेपाल पठाएको राजु विश्वकर्माले जानकारी दिए ।
शर्मिला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ का रबिलाला कुम्बाईकी छोरी भएको खुलेको छ । दलालहरु ३ मध्ये एक महिला र २ पुरुष रहेका शर्मिलाले बताएकी छन् । तिनीहरुमध्ये एक जनाको नाम विवेक बस्नेत रहेको पनि उनले बताएकी छन् ।

