रिपब्लिक पार्टी अफ ईन्डियाले नेपाललाई दुई वटा एम्बुलेन्स दिने

प्रवास

विष्णुप्रसाद गौतम, मुम्बई, भारत । रिपब्लिक पार्टी अफ ईन्डियाले नेपालको सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने भएको छ । भारतीय केन्द्रीयमन्त्री एवं रिपब्लिक पार्टी अफ ईन्डियाका अध्यक्ष रामदास आठवालेले एक कार्यक्रममा यस्तो बताएका हुन् ।
उनका सल्लाहकार सचिव घनश्याम चिरान्करले नेपाल र नेपालीको लागि आफ्नो पार्टी र सस्थाबाट फाउन्डेसनमार्फत सहयोग गर्ने बताएको जानकारी दिए । उनले काठमाडौंस्थित भारतीय दूतावासमार्फत आफ्ना फाउन्डेसनबाट दुईवटा एम्बुलेन्स उपलब्ध गराइने बताए ।
त्यसक्रममा भारतको मुम्बईमा केही नेपाली संघ संगठनका पदाकारीहरुले केन्द्रीय मन्त्री रामदासलाई भेटी शुभकामनासमेत दिएका थिए । जसमा भारती कामगार सेना अध्यक्ष राज ठाकुर , भारतीय मजदुर युनियनका महासचिव दीपक सिलाललगायत थिए ।


प्रतिक्रिया
ताजा अपडेट