बिहारको समस्तीपुरमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दाबढी घाइते

प्रमुख खबर

काठमाडौं । भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री सवार बस गएराति दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका भारतीय संचार माध्यमहरूले जनाएका छन् ।
घाइतेहरुलाई सदर अस्पताल र मुसरीघरारीस्थित निजी क्लिनिकमा भर्ना गरिएको छ । प्रहरीकाअनुसार मुसरीघरारी चोक नजिकै छेउबाट आएको बसलाई तिब्र गतिको ट्रकले ठक्कर दिएको थियो ।
जसका कारण बस पल्टिएको थियो । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै थिए । केही दिनअघि भारतीय तीर्थयात्री बोकेको बस तनहुँमा दुर्घटना हुँदा २७ भारतीयको मृत्यु भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट