साउदी अरेबियाले संयुक्त राष्ट्र ‘इन्टरनेट गभर्नेन्स फोरम’को आयोजना गर्ने

विश्व

इन्टरनेट सुशासनमा सुधार गर्ने उद्देश्यका साथ साउदी अरेबियाले डिसेम्बर १५ देखि १९ सम्म रियादमा संयुक्त राष्ट्रसङ्घीय इन्टरनेट गभर्नेन्स फोरम (आइजिएफ) को १९औँ संस्करण आयोजना गर्ने भएको छ ।
‘बिल्डिङ आवर मल्टिस्टेकहोल्डर डिजिटल फ्युचर’ विषयक पाँचदिने कार्यक्रममा एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय वक्तासहित १६० देशका १० हजारभन्दा बढी सहभागी भेला हुनेछन् ।
आइजिएफको आधिकारिक वेबसाइटअनुसार सन् २००६ देखि आयोजित यस फोरमले डिजिटल अवसरलाई अधिकतम बनाउने र डिजिटल जोखिम र चुनौतीहरूको समाधान गर्ने साझा बुभाइलाई सुविधाजनक बनाउन समर्पित छ ।
यस वर्षको फोरमले नवप्रवर्तन र जोखिम सन्तुलनका साथै डिजिटल युगमा मानव अधिकार र समावेशीकरणलाई अगाडि बढाउने, शान्ति, विकास र दिगोपनमा डिजिटल योगदान बढाउने र इन्टरनेटका लागि डिजिटल शासन सुधार गर्ने विषयमा केन्द्रित रहने वेबसाइटमा उल्लेख छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट