सिबिहा युक्रेनको नयाँ विदेशमन्त्री नियुक्त

विश्व

युक्रेनी संसदले रिक्त विदेशमन्त्रीमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको सांसद ओलेक्सी होन्चारेन्कोले बताउनुभएको छ ।
सिबिहाले उपस्थित ३१५ सांसदमध्ये २५८ को समर्थन प्राप्त गरेको होन्चारेन्कोले टेलिग्राममार्फत् जानकारी गराउनुभएको छ । बुधबार राजीनामा दिएकी दिमित्रा कुलेबालाई संसदले बर्खास्त गर्ने पक्षमा मतदान गरेको थियो ।
राष्ट्रपति कार्यालयको उपप्रमुखका रूपमा समेत काम गरेकी ४९ वर्षीया सिबिहा अप्रिलदेखि कुलेबाले नेतृत्व गरेको विदेश मन्त्रालयमा उप–मन्त्री बन्नुभएको थियो ।
कुलेबाले बुधबार पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गर्नुभएपछि उहाँको राजीनामा आएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट