`

प्रधानमन्त्री र गृहमन्त्रीको पार्टीको विद्यार्थी संगठनको लडाईंले पढ्छु भन्ने विद्यार्थीले पढ्न पाएनन्ः सांसद श्रेष्ठ

Nepal One HD २४ भदौ २०८१ १५:२७
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा पठनपाठन कम र राजनीतिक गतिविधि बढी भइरहेको बताएकी छिन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद श्रेष्ठले एमाले र कांग्रेस पार्टीका सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनका कारण विद्यार्थीले पढ्न र परीक्षा दिन नपाएको बताएकी हुन् ।

उनले भनिन्, ‘११ दिनभयो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा जाँच नभएको र चल्दै गरेको जाँचले गर्दाखेरी १४ सय जना विद्यार्थीहरु अड्किएका छन् । विश्व विद्यालयमा पठनपाठन ठप्प छ । अब चार वर्षमा सकिने ब्याचलर कति वर्ष लाग्ने हो ? पठन पाठन कम र पार्टीहरुको गतिविधि बढि हुन थाल्यो । गठबन्धनका विद्यार्थी सङ्गठनको लडाईका कारण पढ्छु मात्र भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने ?’

सांसद श्रेष्ठले एमाले र कांग्रेस निकट विद्यार्थी संगठनले पढ्ने र परीक्षा दिने अधिकारबाट वन्चित गराएको बताइन । उनले ओली शासनमा पढ्न, परीक्षा दिन र दीक्षित हुन नपाउने हो भन्दै प्रश्न समेत गरिन् ।

उनले भनिन्, ‘एउटा प्रधानमन्त्रीको पार्टी, एउटा गृहमन्त्रीको पार्टी दुई विद्यार्थी संगठनको लडाईंमा हुन्छन्, पढ्छु भन्ने विद्यार्थी लडाईंले पढ्न पनि पाएनन् । राणा शासनमा एउटा विद्यालय खोलेको भन्छन्, ओली शासनलाई इतिहासले कसरी हेर्छ ।’


प्रतिक्रिया