उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

प्रमुख खबर

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको जानकारी दिएको हो । जसअनुसार उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।
त्यस्तै २० असोजमा दल दर्ता स्वीकृत गर्ने, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, ३० कात्तिकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र २ मंसिरदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट