`

ऐतिहासिक स्वर्ण पदकबाट चुकिन् एरिका

Nepal One HD ६ असोज २०८१ १६:०७
खेलकुद

काठमाडौं । कराते खेलाडी एरिका गुरुङ २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि फाइनलमा पराजित भएकी छिन् । फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले एरिका पराजित भएकी हुन् । यो पराजयसँगै उनी ऐतिहासिक स्वर्ण पदकबाट जित्नबाट चुकेकी हुन् ।

यसअघि शुक्रबार लगातार तीन बाउट जितेर उनले फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । उनले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८–० ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।

एरिकाले १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन् । उनी व्यक्तिगततर्फ एसियन गेम्समा रजत जित्ने दोस्रो नेपाली खेलाडी हुन् । एसियाडमा करातेमा रजत पदक जित्ने एरिका पहिलो खेलाडी हुन्।


प्रतिक्रिया