`

नेपाली यू–२० टिम उज्बेकिस्तानसँग ६ शून्यले पराजित

Nepal One HD ९ असोज २०८१ १६:१४
खेलकुद

काठमाडौं । एएफसी यू–२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । बुधबार न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा भएको खेलमा उज्बेकिस्तानले नेपाललाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल खाएको थियो । समूह बीमा यो जितपछि उज्बेकिस्तानको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपालले भने ३ खेलमा तीन अंक जोडेको छ । अघिल्लो खेलमा उज्बेकिस्तानले कम्बोडियालाई ७–० को फराकिलो अन्तरले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३–१ गोलको जित हात पारेको थियो । अब नेपालले शुक्रबार बहराइनसँग खेल्नेछ ।


प्रतिक्रिया