`

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

Nepal One HD १३ असोज २०८१ १२:११
अर्थ समाचार

काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला  एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने  एक लाख ६० हजार छ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा  १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला  एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय ४५ निर्धारण भएको छ ।


प्रतिक्रिया