तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण

अर्थ समाचार

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपज भण्डारण गर्न सहज बनाउने उद्देश्यले म्याग्दे–३ मा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
सुरुमा दुई करोड र चालु आर्थिक वर्षमा एक करोड बीस लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरेको हो । गाउँपालिकामा विशेष गरी सुन्तला, आलु खेती राम्रो हुन्छ । चिस्यान केन्द्र बनेपछि किसान उत्साहित भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
“कृषि उपज भण्डारण गर्दा किसानसँग न्यूनतम शुल्क लिएर प्रोत्साहन गर्न लागिएको छ”, उनले भने, “गाउँपालिकामा चिस्यान केन्द्र बनेपछि उत्पादन भएका कृषि उपज भण्डारणका लागि पोखरा र चितवन जानुपर्ने बाध्यता हटेको छ ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट