`

मीनबहादुर गुरुङद्वारा विपत्ति उद्धार कोषमा एक करोड ११ लाख जम्मा

Nepal One HD १४ असोज २०८१ २३:५३
अर्थ समाचार

काठमाडौं । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दम्पतीले प्राकृतिक विपत्ति उद्धार कोषमा एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेका छन् ।

कोषमा जम्मा गर्न उक्त रकम बराबरको चेक गुरुङ दम्पतीले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् । सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले गुरुङ परिवारलाई धन्यवाद पनि दिएका छन् ।

उनले भनेका छन्, ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।’


प्रतिक्रिया