सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारीमा कोशी प्रदेश


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारी भएको बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस)ले कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीनदिने क्षमता विकास कार्यक्रमको मंगलबार उद्घाटन गर्दै उनले ऐन जारी गर्ने तयारी भएको जानकारी दिएका हुन् ।
सञ्चार प्रतिष्ठान ऐन पत्रकारको क्षमता विकास र सुरक्षामा महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सरकारबाट भएका विकास–निर्माणका सकारात्मक गतिविधिलाई जनसमक्ष पुर्याउने र गल्ती कमजोरीमाथि खबरदारी गर्नुपर्नेमा जोड दिए । राससले आफूलाई समयानुकूल परिवर्तन गर्दै ‘सबैले खोज्ने र रोज्ने’ बनाउन सुझाव दिए ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार पत्रकारिताको प्रवद्र्धनमा निरन्तर लागिरहेको बताए ।