`

विदेशमा बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक : डा. रुइत

Nepal One HD १३ पुष २०८१ १९:५३
जीवनशैली/स्वास्थ्य

काठमाडौं । डा.सन्दुक रुइतले देश भन्दा बाहिर बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार हेल्प नेपाल नेटवर्क नेपालको रजत जयन्ती वार्षिकोत्सवमा बेल्दै उनले सबै नेपालीले नेपालीपन मन पराउने हुँदा सुसंस्कार सिकाउन र सुशासनमा रहन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘आज नेपालीहरु नेपालमा होईन, संसारको विभिन्न देशमा छन् तर पनि सबै नेपालीहरुले नेपालीपन मन पराउछन् । बाहिर बस्नु हुने नेपालीलाई म के भन्न चहान्छु भने तपार्इंहरुले नेपालको हरेक तहमा भएका मानिसलाई सूसंस्कार सिकाउनु, सुशासन त आवश्यक भईहाल्यो ।’


प्रतिक्रिया