`

भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या १२६ पुग्यो

Nepal One HD २३ पुष २०८१ २१:३६
विश्व

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको दिंङ्ग्री काउन्टीमा मंगलबार मंगलबार बिहान ६ः५० बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाकाअनुसार मंगलबार साँझ ७ बजेसम्म १२६ जनाको मृत्यु भएको र १८८ जना घाइते भएका छन् ।

भूकम्पले तिब्बतमा एक हजार भन्दाबढी घरमा क्षति पुगेको बताइएको छ । राष्ट्रपति सी चिनफिङले ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।


प्रतिक्रिया