`

बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

Nepal One HD २८ पुष २०८१ १६:०२
समाज

गुलरिया  । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।


ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेकी निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिए । 


प्रतिक्रिया