`

राष्ट्रपति पौडेलद्वारा भूमि सम्बन्धी अध्यादेश जारी

Nepal One HD २ माघ २०८१ १७:४१
प्रमुख खबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिस बमोजिमको अध्यादेश जारी गरेका हुन्न । सरकारले गत पुस २६ गते विभिन्न ५ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यसअघि चार अध्यादेश जारी भएपनि भूमिसम्बन्धी अध्यादेश केही अध्ययन गर्नुपर्ने भन्दै राष्ट्रपतिले जारी गरेका थिएनन् ।


प्रतिक्रिया