प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई

राजनीति

काठमाडौँ, ४ माघः केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
प्रहरी नायब महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट