`

सुप्रिम सहकारी अपचलनः आज पनि सकिएन थुनछेक बहस

Nepal One HD ११ माघ २०८१ २०:२६
राजनीति

भैरहवा (रुपन्देही), ११ माघः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी अपचलन र सङ्गठित अपराध मुद्दाको थुनछेक बहस आज पनि सकिएन ।

बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस आज पनि नसकिएपछि आइतबार १०ः३० बजे उपस्थित हुनेगरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका श्र्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो ।

बुधबार अदालतमा हाजिर हुनुभएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्मामा छाडिएको थियो । आज भएको बहसमा वादीका तर्फबाट तीन र प्रतिवादीका तर्फबाट तीन कानुन व्यवसायीले बहस गर्नुभएको ज्ञवालीले बताउनुभयो । ज्ञवालीले आइतबार बहस सकिएमा थुनछेकको आदेश आउन सक्ने बताउनुभयो ।


प्रतिक्रिया