`

देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ : उपप्रधानमन्त्री पौडेल

Nepal One HD १२ माघ २०८१ १८:३५
राजनीति

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताएका छन्। देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनको दाबी छ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताए।

फरक प्रसङ्गमा उनले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पारे। साथै अर्थमन्त्रीले पुँजीगत खर्चमा सुधार भइरहेको बताए।


प्रतिक्रिया