`

संसदको हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बधोन गर्ने

Nepal One HD १३ माघ २०८१ १३:२९
प्रमुख खबर

काठमाडौं । संसदको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । बर्तौलाले आज प्रधानमन्त्री ओलीलाई भेटेका थिए । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा भएको र यो कुरा सभामुख देवराज घिमिरेलाई आफूले जानकारी गराएको बताए ।

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् ।


प्रतिक्रिया