`

३८ वटा मानव खप्परसहित विराटनगरबाट एक जना पक्राउ

Nepal One HD २० माघ २०८१ १७:४४
समाज

विराटनगर । विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टासहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का विनोद राय भएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति भरतबाट नेपालतर्फ आउने क्रममा रिक्सामा खानतलासी गर्दा ठूलो परिमाणमा कंकाल खप्पर र नली खुट्टा बरामद गरेको शसस्त्र प्रहरी इलाका प्रहरी कार्यालय, रानीले जनाएको छ ।

उनले ती कंकालहरू के प्रयोजनका लागि ल्याएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया