`

सुनचाँदीको मूल्य बढ्यो

Nepal One HD २२ माघ २०८१ १२:१२
अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर एक लाख ६४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० मा कारोबार भएको थियो ।


प्रतिक्रिया