`

प्रदेशसभा बैठकः मुख्यमन्त्रीद्वारा प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत

Nepal One HD २४ माघ २०८१ १९:३४
राजनीति

मकवानपुर, २४ माघः बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन सभामा पेस गर्नुभयो ।

मुख्यमन्त्री लामाले उपसभामुख अप्सरा चापागाईंको अनुमतिमा उक्त विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो । बैठकमा उपसभामुख चापागाईंले उद्योग, पर्यटन तथा वातावरण समितिको सदस्यमा प्रदेशसभाका सदस्य शैलेन्द्रमान बज्राचार्यलाई मनोनयन गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही माघ २६ गते दिनको २ बजे बस्ने छ ।

प्रतिक्रिया