`

देवघाट दिव्यधाम निर्माणमा सरकारको तर्फबाट सहयोग रहन्छ: कृषिमन्त्री अधिकारी

Nepal One HD २७ माघ २०८१ २१:४२
राजनीति

दमौली (तनहुँ), २७ माघ: कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देवघाटधाममा निर्माणाधीन दिव्यधाम निर्माणमा सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । देवघाटमा जारी महामहोत्सवको २७औँ दिनको कार्यक्रममा आज उहाँले दिव्यधाम गौरवको विषय भएकाले यसमा सरकारका तर्फबाट सहयोग रहने बताउनुभयो ।

मन्त्री अधिकारीले दिव्यधाम निर्माणका लागि विदेशबाट आयात गरिने मार्बलमा कर छुट दिने विषयमा समेत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । दिव्यधाम निर्माणपछि यहाँको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको भनाइ थियो । तीन सय ६५ कोठाको संरचनासहित ज्येष्ठ नागरिक र असहायका  लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले देवघाट गाउँपालिका–५ तनहुँमा मातापिता सेवाश्रम निर्माणाधीन छ । 

प्रतिक्रिया