`

सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

Nepal One HD ३० माघ २०८१ ११:०४
अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो ।

मङ्गलबार प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकामा बुधबार सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया