`

सुनसरीमा अपहरित बालिकाको उद्धार, अपहरणकारी पक्राउ

Nepal One HD २२ चैत २०८१ १२:२२
अपराध

काठमाडौं । प्रहरीले सुनसरीमा बालिका अपहरणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर गाउँपालिका–१२ धरमपुर घर भएका जितेन्द्र साह (हलुवाई) रहेका छन् । अपहरणमा परेकी सात वर्षीया बालिकालाई सुनसरीको कोसी व्यारेजस्थित २६ नम्बर ढोकाको पुलमाथिबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

यही चैत २० गते साहको अपहरणमा परेकी कोसी गाउँपालिका ७ मुसहरी टोल निवासी कुशेश्वर सदाकी ७ वर्षीय छोरी ईशु सदालाई २४ घण्टापछि अपहरण मुक्त गरिएको प्रहरीले जनाएको छ । साहले बालिकालाई सुनसरीको कोसी गाउँपालिका –७ स्थित उनकै घरबाट अपहरण गरेको खुलेको छ।

बालिकालाई लिएर उनी अटो रिक्सामा कोसी व्यारेज पुगेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । आरोपी साह भारतको रानीगञ्ज बस्दै आएका थिए । उनले बालिकालाई फ्रुटी खान दिएर आफूसँगै लिएर गएको खुलेको छ ।


प्रतिक्रिया