अध्यक्ष लिङ्देनद्वारा तीनकुने घटनामा परी निधन भएका पत्रकार रजकको परिवारसँग भेट

राजनीति

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनामा परी निधन भएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गर्नुभएको छ ।
उहाँले ताहाचलस्थित रजक निवास पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो । अध्यक्ष लिङ्देनले रजकको न्यायका लागि आफूहरूले संसद् र सडकमा दुःखद घटनाको विषय उठाइरहेका र सत्यतथ्य छानबिनका लागि सरकारलाई निरन्तर दबाब दिइने बताउनुभयो । त्यहाँ बागमती प्रदेशका सभामुख भुवन पाठकको पनि सहभागिता थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट