`

२५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालक जेल चलान

Nepal One HD ४ वैशाख २०८२ १२:३०
अपराध

काठमाडौं । काठमाडौंको टोखामा २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालक जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले ट्रक चालक कुसाङ लामालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएका हुन् ।

लामा र नारायण पौडेललाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

गत चैत ४ गते ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीनतर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक लामालाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया