फेवातालमा फसेका आठ जनाको उद्दार

समाज

पोखरा । हावाहुरीका कारण पोखराको फेवातालमा फसेका ८ जनाको सशस्त्र प्रहरीले उद्दार गरेको छ ।
सोमबार दिउँसो अचानक हावाहुरी चल्दा स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेका र अलपत्र परेका ८ जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २४ गण हेडक्वार्टर कालिका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिएका छन् ।
प्रहरीकाअनुसार ८ जनामध्ये ६ जना हावाहुरी चलेपछि प्याडल बोर्डमै सवार रहेको अवस्थामा तालको बीच भागमा अलपत्र परेका थिए ।
बाँकी २ जना चितवनका रेशम थापा र कास्कीका विजय सुनारको तालमा खसेको अवस्थामा उद्धार गरिएको थियो । सशस्त्र प्रहरी बल र नेपाल सेनाको टोली उद्धारमा खटिएको थियो ।
तस्बिरः सशस्त्र प्रहरी








प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट