आइपीओ निष्कासनका लागि कमिसन माग्ने धितोपत्र बोर्डका प्रमुखमाथि कारबाही गर्न सांसद कार्कीको माग

अर्थ समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैटठकमा सांसद कार्कीले आइपीओ निष्कासन गर्नको लागि उनले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन् ।
उनले भनिन्, ‘भनिन्छ पुँजीबजार देशको अर्थतन्त्रको ऐना हो । तर यो ऐनामा एउटा कुरुप कमिसनखोरको अनुहार देखिएको छ । आइपीओ निष्कासन गर्नको लागि धितोपत्र बोर्डको प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको कुरा बजारमा आइरहेको छ । बोर्डले आफूले राम्रोसँगकाम गरेको छैन । पुँजी बजारमा हजारौैं नागरिकको पैसा फसेको छ । तत्कालै सुशासन समितिले कारबाही अगाडि बढाओस् र कमिसनखोर बोर्डको अध्यक्षमाथि कारबाहीहोस् ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट