मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद सान्र्दभिक : प्रवक्ता महत

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले जननेता मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद अहिलेको समय सान्र्दभिक भएको बताएका छन् ।
शनिबार जननेता मदन भण्डारी र कुशल सङगठन जीवराज आश्रितको स्मृतिमा आयोजित परिसंवाद कार्यक्रममा बोल्दै उनले बहुदलीय जनवादले पार्टी पङत्तिमा सहकार्य निर्माण गर्न सकेको भन्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘जननेता मदन भण्डारीले बहुदलीय जनवाद भनेर अगाडि सार्नुभयो, त्यो समय सान्र्दभिक, बदलिदो विश्व परिस्थितीमा खुल्ला प्रतिस्पर्धी राजनीतिक गरेर सत्तामा जान सकिन्छ र लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने मान्यता नेपालमा प्रवेश गराउनु भयो । त्यसले मलाई लाग्छ पार्टी पङित्तमा सहकार्य र एकअर्कालाई बुझ्ने परिस्थिती निर्माण भएको मलाई लाग्छ,’ उनले भने । उनले विगतको प्रतिस्पर्धी राजनीतिक र एकअर्काको अस्तित्व नस्विकार्ने परिस्थितीमा परिवर्तन भई आज एकअर्कामा प्रतिस्पर्धा गरेपनि संयुक्त्तरुपमा प्रतिगामीलाई परास्त गर्न सक्ने बताए ।
यसैगरी उक्त कार्यक्रममा बोल्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले पार्टीलाई सहि दिशामा डोर्याउने काम जननेता मदन भण्डारीले गरेको बताए । स्व.नेता भण्डारीले झापाकालीन लक्ष्यवादी आन्दोलनको प्रभाव र मान्यताबाट निर्देशित हुने परम्पराबाट वैचारीक अगुवाई गरी पार्टीलाई आजको अवस्थामा ल्याउने काम गरेको पनि उनले बताए ।