टोटनहमलाई युरोपा लिगको उपाधि

NepalOne
८ जेठ २०८२ १०:०४
खेलकुद

काठमाडौं । टोटनहम हट्स्परले युरोपा लिगको उपाधि जितेको छ । गएराति सान ममेस स्टेडियममा भएको युरोपा लिग फाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई १–० को नतिजाले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो ।

खेलको निर्णायक गोल पहिलो हाफको ४२औँ मिनेटमा ब्रेनन जोन्सनले गरे, जसले म्यानचेस्टर युनाइटेडका डिफेन्डर लुक शालाई बिट गर्दै गोलरक्षक आन्द्रे ओनानालाई नजिकबाट विट गर्दै गोल गरे ।

दोस्रो हाफमा युनाइटेडले निकै दबाब बनाए पनि टोटनहमको रक्षापङ्क्ति अटल रह्यो, र गोलरक्षक गुलिएल्मो भिकारियोले अन्तिम मिनेटहरूमा उत्कृष्ट बचाउ गरे ।

यो जितले टोटनहमलाई अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ भने प्रशिक्षक एन्जे पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा उपाधि जित्ने वाचा पूरा गरेका छन् ।


प्रतिक्रिया