काठमाडौंको बल्खुबाट लागु औषध कारोबारमा संलग्न चार पक्राउ

NepalOne
११ जेठ २०८२ ११:५४
अपराध

काठमाडौं । प्रहरीले काठमाडौंमा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको बल्खुबाट प्रहरी वृत्त कालिमाटीको टोलीले चार जनालाई लागु औषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली गोलञ्जोका २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेलका २३ वर्षीय रविन श्रेष्ठ, नुवकोटका २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ त्रिपुरासुन्दरीका २५ वर्षीय विजय आलेमगर छन् ।

होमराज शंकास्पद तरिकाले हिँडेको देखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको र अनुसन्धानका क्रममा उनीबाट लागु औषध बरामद भएपछि थप तीन जना पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल एक हजार ६७ क्याप्सुल र १९ हजार नगद बरामद भएको छ । जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइहरेको उनले बताए।


प्रतिक्रिया