पौडी खेल्ने क्रममा सुनकोसीमा डुबेर एकजनाको मृत्यु

समाज

काभ्रे । सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आइतबार बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
ताजा अपडेट