एसीसी यु-१६ इस्ट जोन कपः नेपालद्वारा भूटान पराजित

खेलकुद

काठमाडौं । एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले लगातार चौथो जित निकालेको छ । मंगलबार मलेसियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भूटानलाई २९८ रनले पराजित गरेको हो ।
नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भूटानले ३२ ओभर ४ बलमा ९ विकेट गुमाएर ६० रन बनायो । भूटानका अन्तिम ब्याटर क्रिजमा आएनन् ।
भूटानका शेजाङ दावाले सबैभन्दा धेरै १४ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ तथा सुयोग भट्टराई र सचिन भट्टले २/२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो । नेपाल समूह चरणका सबै खेल जितेर सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा नेपालले मलेसियासँग र हङकङले सिङ्गापुरसँग खेल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट