यू-१६ इस्ट जोन कपः मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

खेलकुद

काठमाडौँ । एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा अल आउट हुदै ९० रन बनाएको हो । मलेसियाका लागि मुहमद फाथुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान डीआज पात्रोले १० रन बनाएका थिए ।
मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसैगरी मलेसियाको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा नेपाली बलर अभय यादवले सर्वाधिक ४ विकेट लिए भने शुभम खनालले ३ विकेट लिए । त्यस्तै कप्तान विपिन शर्मा र सचिन भट्टले एक/एक विकेट लिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट