`

मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

Nepal One HD १९ असार २०८२ ११:५३
खेलकुद

काठमाडौँ । मलेसियालाई हराउदै नेपाल एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

मलेसियाले दिएको ९१ रनको लक्ष्य पछाएको नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा परिमार्जन यादवले अविजित ५९ रन बनाए भने शिवांश बजगाईले अविजित २३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा अल आउट हुदै ९० रन बनाएको थियो । अब नेपालले फाइनलमा हङकङ चाइना र सिंगापुरबीचको विजेतासँग शनिबार खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *