`

सुदूरपश्चिम यू–१९ महिला क्रिकेटको उपाधि डडेल्धुरालाई

Nepal One HD १९ असार २०८२ १५:०७
खेलकुद

बैतडी । सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराले जितेको छ। आज सम्पन्न फाइनल खेलमा डडेल्धुराले कञ्चनपुरलाई ५ रनले पराजित गरेको हो। उपाधिसँगै डडेल्धुराले रु दुई लाख पुरस्कार तथा कञ्चनपुरले रु एक लाख पुरस्कार प्राप्त गरेको छ।

कैलालीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १६ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर ८८ रन बनायो। उनानब्बे रनको विजयी लक्ष्य पछ्याउने क्रममा कञ्चनपुरको पारी नौ विकेट गुमाउँदै ८३ रनमा समेटियो।

डडेल्धुराका लागि हीरा साउदले २४ रनको अविजित पारी खेलिन्। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। कञ्चनपुरले २० रन अतिरिक्त दिएको थियो। बलिङतर्फ कञ्चनपुरका पुनम जोशीले र सावित्री धामीले ३–३ तथा अर्चना चन्दले २ र गङ्गा खड्काले एक विकेट लिइन्।

यसअघि ब्याटिङ गर्ने क्रममा कञ्चनपुरका लागि अर्चना चन्दले २४ र दीपा बडूले १३ रन बनाइन्। बलिङतर्फ मनिषा खत्री र हीरा साउदले २–२ तथा आशिका महरा, सञ्जु साउद र निशा खठायतले १–१ विकेट लिइन्।

विजेता तथा उपविजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्कालगायतले पुरस्कार वितरण गरे। प्रदेश खेलकुद परिषद्को आयोजनामा यही असार १२ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका ८ जिल्ला सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *