सिंगापुरलाई पराजित गर्दै एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई

खेलकुद

काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको हो ।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ४०.५ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो ।
सिंगापुरका लागि रोहण अस्टिन अरुणले २३ तथा कप्तान रियान नायकले १५ रन बनाए भने पुछारका ब्याट्सम्यान आकास तेजाले १० र भेदांश गुप्ताले १२ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर अभय यादव र सुशील बहादुर रावलले ३–३ विकेट लिए भने कप्तान शुभम खनालले २ तथा विपिन शर्माले एक विकेट लिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट