`

एएफसी महिला एसियन कप छनोट : जितका लागि नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

Nepal One HD २१ असार २०८२ १४:२१
खेलकुद

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरुलाई जितको शुभकामना दिएका छन् ।

श्रीलङ्काको टोलीलाई जितेर आज उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुभकामना दिएका हुन् ।

उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *