`

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता

Nepal One HD २३ असार २०८२ ७:४६
खेलकुद

काठमाडौं । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ ।आइतबार राती उनीहरु काठमाडौं आइपुगेका हुन् । उनीहरुलाई क्यानका सचिव पारस खड्का लगायतले विमानस्थलमा स्वागत गरेका थिए । सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियनबनेको थियो ।

नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो।नेपालले उपाधिसँगै व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको थियो। रौनक श्रीवास्तव प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट ब्याटर चुनिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *