`

एन्फामाथि फिफाको ‘कन्ट्रोल फन्डिङ सिस्टम’ हट्यो

Nepal One HD २८ असार २०८२ १५:०४
खेलकुद

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो ।

बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जएसीसी) को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।

एन्फाको विज्ञप्तिमा भनिएको छ, ‘फिफाको (Governance, Audit and Compliance Committee(GACC) को १० जुलाई २०२५ को निर्णय अनुसार फिफाबाट कायम रहेको कन्ट्रोल फण्डिङ्ग हटाईएको फिफाको पत्राचारबाट जानकारी प्राप्त भएको छ । साथै समग्र विकास आर्थिक पारदर्शीता, सुशासन र फुटबल खेल प्रवर्दनमा उत्कृष्ट योगदान गरेवापत AFC Member Association Of The Year (Gold) Award २०२४ बाट पनि सन् २०२४ अक्टोबर २९ तारिखका दिन एएफसीबाट पुरस्कृत भएको थियो । उल्लेखित दुबै निर्णयहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्णरुपमा आर्थिक सुशासन, पारदर्शिता र भ्रष्टचार मुक्त संघमा रुपान्तरण हुनुले अध्यक्षज्यू नेतृत्वको कार्यसमितिले गरेको प्रतिवद्धता पुरा भएको पुष्टि गर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *