`

एनपिएललाई निरन्तरता दिन कांग्रेसको माग

Nepal One HD २९ असार २०८२ २१:३८
खेलकुद

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले नेपाल प्रिमियर लिग (एनपिएल)लाई प्राथमिकताका साथ निरन्तरता दिन माग गरेको छ ।

कांग्रेस खेलकुद विभाग प्रमुख उमेशजङ्ग रायमाझीले आइतबार विज्ञप्ति जारी गर्दै नेपाली क्रिकेटको विकासमा एनपिएल प्रतियोगिता महत्वपूर्ण कोशेढुङ्गा भएकाले यसलाई राज्यले विशेष प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने बताए । कांग्रेसले एनपिएलको दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित रुपमा आयोजना गर्नुपर्नेमा जोड दिएको छ ।

कांग्रेसले सन् २०२६ मा जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा नेपाली खेलाडीहरुको प्रभावकारी भूमिका सुनिश्चित गर्न आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एनपिएलभित्र देखिएको विकृति, विसङ्गती र अनियमिततालाई हटाइ स्वच्छ, पारदर्शी र अनुशासित व्यवस्थापन प्रणाली निर्माण गर्न कांग्रेसले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *