`

नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

Nepal One HD ४ साउन २०८२ १६:११
खेलकुद

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लगातार दोस्रोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ग्लोबल अवार्ड्स अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ।

सिंगापुरमा भएको वार्षिक सम्मेलनमा आईसीसीले नेपाललाई उक्त अवार्ड प्रदान गरेको हो । यसअघि गत वर्ष पनि नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो । आईसीसीको वार्षिक कन्फरेन्समा यो अवार्ड क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले ग्रहण गरे।

क्यानले लगातार दुई वर्ष यो अवार्ड जित्न सफल भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

यो समूहमा क्षेत्रीय विजेताको रुपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *