`

विद्या भण्डारीले एक वर्षअघि नै सदस्यता नवीकरण गर्नुभएको थियो: कर्ण थापा (भिडिओ)

Nepal One HD ४ साउन २०८२ १७:४३
राजनीति

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको दाबी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा उनले यस्तो बताएका हुन् ।

हिजो मात्रै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरणको विषय पेन्डिङमा रहेको बताएका थिए ।

तर, हिजो र अस्ति दुई दिन बसेको बैठकमा सदस्यताबारे कुनै निर्णय नभएको बताउँदै अघिल्लो वर्षको सदस्यता नवीकरण एक वर्ष अघि नै भएको र यो वर्षको पनि नवीकरण भइसकेको उनले दाबी गरे ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नूहोला ।

https://www.facebook.com/share/v/1Erd2up5uX/


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *