`

एनपीएलको अक्सन साउन २४ गते, ४५८ खेलाडीले गराए नाम दर्ता

Nepal One HD १० साउन २०८२ १६:५३
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी गराउँदै कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गरेको र अक्सन साउन २४ मा हुने जानकारी गराएको हो ।

दोस्रो संस्करणको लागि खेलाडी दर्ता प्रकृया यहि जुलाई १२ देखि २२, २०२५ सम्म खुल्ला गरिएको थियो । खेलाडी दर्ता प्रकृयामा कुल ४५८ जना नेपाली क्रिकेट खेलाडीहरुले नाम दर्ता गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

क्यानले शनिबार जारी गरेको विज्ञप्तिका अनुसार दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टोलीहरूलाई उपलब्ध गराइएको क्यानले जनाएको छ।

प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीहरूले चाहेका खेलाडीको सूचीका आधारमा अक्सनमा सहभागी हुने अन्तिम नामावली प्रकाशन गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *