`

बागमतीमा कांग्रेस संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन

Nepal One HD १३ साउन २०८२ १७:०८
राजनीति

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ ।

मंगलबार मुख्यमन्त्री समेत रहेका दलका नेता बहादुरसिंह लामाविरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि पक्षरविपक्षमा मतदानको क्रममा लामाले दलको नेताको हैसियत गुमाएका सँगै दलको नयाँ नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको हो । मत विभाजनका क्रममा लामाको पक्षमा जम्मा १५ मत परेको थियो भने उनको विपक्षमा २२ मते परेको थियो ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा मंगलबार बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहने गरी निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *